FAQs Complain Problems

चन्द्रनगर गापास्थित श्री दुर्गा खोभारी माध्यमिक विधालयमा आयोजित विधार्थी भर्ना विशेष अभियान-२०७५

 विधार्थी भर्ना विशेष अभियान-२०७५
विधार्थी भर्ना विशेष अभियान-२०७५
विधार्थी भर्ना विशेष अभियान-२०७५

सन्दर्भ : विधार्थी भर्ना अभियानको ।

बीचैमा विधालय छाडेका (ड्रप आउट) बालवालिकाहरू पुन: विधालय फर्किदै ।

चन्द्रनगर, सर्लाही । चन्द्रनगर गापास्थित श्री दुर्गा खोभारी माध्यमिक विधालयमा आयोजित विधार्थी भर्ना विशेष अभियान-२०७५ अन्तरगत अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष महेन्द्र महतोज्युले गाउँपालिका अन्तरगतका विधालय बाहिर रहेका र बीचैमा विधालय छाडेका (ड्रप आउट ) विधालय उमेर समुहका सबै बालवालिकाहरूलाई यसै शैक्षिकसत्र भित्र विधालय भित्र्याउने लक्ष्य रहेको बताउनु भएको छ ।
उहाँले आज विधार्थी भर्ना विशेष अभियान मार्फत पनि विधालय भित्रिएको धेरै विधार्थी ड्रप आउट रहेको बताउदै उनीहरू पारिवारिक समस्याका कारण विधालय छोडेकोले यस अभियानले पुन: पढने अवसर पाएको बताउनु भयो ।

उहाँले अहिले पनि विशेष प्रकृतिको पारिवारिक अवस्था भएको बालवालिकाहरू विधालय बाहिर रहेकोले चाडै गाँउपालिकाबाट त्यस्ता बालबालिकाहरूको तथ्यांक संकलन गरि विधालय बाहिर रहेका विधालय उमेर समुहका बालबालिकाहरूलाई विधालय भित्र्याउने कार्यलाई अभियानको रूपमा आगाडी बढाइने बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका उपसचिव चेत कुमार पोखरेलज्युले अहिले पनि विधालय बाहिर रहेका विधालय उमेर समुहका बालबालिकाहरू विशेष अवस्थाका भएकाले त्यस्ता बालबालिकाहरूलाई विधालय भित्र्याउन (झिकाउन), टिकाउन, सिकाउन र विक्ने योग्य बनाउन चुनौति देखिएकोले यस अभियानलाई सफलिभुत पार्न सबैको सहयोग र समन्वयको खाँचो आैल्याउदै सहयोगको अपेक्षा गर्नु भयो ।
सोही अवसरमा १२५ जना विधालय बाहिर रहिका विधालय उमेर समुहका बालबालिकाहरूले विधालय भर्ना भए।

कार्यक्रम विव्यस अध्यक्ष मनसिप महतोको अध्यक्षता, चन्द्रनगर गापा अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्य, शि.वि तथा स.इकाइका उपसचिव चेत कुमार पोखरेलको विशिष्ट आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत टेक प्रसाद भट्टराई, शाअ श्री रामअधार सिंह कुशवाहा, प्रास सुनिल कुशवाहा, स्रोतव्यक्ति प्रमोद मंडल, पत्रकार महासंघ, सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर, प्रअ लालबाबु रायको आतिथ्य र नागरिक अगुवा, अभिभावक, पत्रकार, शिक्षक, विधार्थी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि