FAQs Complain Problems

नाढी ताल क्षेत्र free wifi zone

नाढी ताल क्षेत्र free wifi zone समुदघाटन

 देशका सय उत्कृष्ट पर्यटकीय स्थलमा समावेश गरिएका नाढिमन तालमा पर्यटकलाई आकर्षित गर्नका लागि शुक्रवारदेखि फ्रि वाईफाईको व्यवस्था गरिएको छ। चनद्रनगर गाउँपालिका वडा नं. ६ र ७ मा पर्ने तालमा बढीभन्दा बढी पर्यटक तान्नका लागि फ्रि वाई फाईको व्यवस्था गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत टेकप्रसाद भट्टराई (बाबुराम) ले जानकारी दिएका छन्।  

आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले फ्रि वाइफाई राखिएको अधिकृत भट्टराईले बताए। अहिले दैनिक १ सयदेखि १ सय ५० जनाको संख्यामा पर्यटक आउने गरेका छन्। फ्रि वाई फाईको व्यवस्था गरिएपछि पर्यटकको संख्यामा वृद्धि हुने विश्वासले गाउँपालिकाको सहयोगमा वाईफाई जडान गरिएको भट्टराईले बताए।  

तालमा पर्यटकका लागि बोटिङ्गको व्यवस्था पनि गरिएको छ। अहिले ८ वटा खुट्टाले चलाउन मिल्ने ८ वटा डुङ्गा राखिएको छ। एक हप्ता भित्र दुईवटा मोटर बोट ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताए। फ्रि वाई फाई र मोटर बोट भएपछि पर्यटकको संख्या बढ्ने र स्थानिय तहको आर्थिक अवस्थामा केही सहयोग पुग्ने अध्यक्ष महतोको भनाई छ।  

श्री ३ चन्द्र शमशेरले वि.स. १९७४ सालमा वन फँडानी गरी यस क्षेत्रमा बस्ती बसाउने क्रममा नाढीमन यो ताल पत्ता लागेको स्थानियबासीको भनाई रहेको छ। ५२ बिघा क्षेत्रफलमा रहेको अव्यस्थित ताललाई नेपाली सेनाले राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम अन्तर्गत तालको रुपमा २०७२ साल चैत्र २४ गते परिणत गरेको थियो। 

आर्थिक वर्ष:

जन प्रतिनिधि