FAQs Complain Problems

संक्षिप्त परिचय

सर्लाही जिल्ला स्थित चन्द्रनगर गाउँ पालिका को पूर्व र दक्षिण सिमा ब्रहमपुरी गा .पा पश्चिममा कबिलाशी नगरपालिका उत्तरमा इश्वरपुर नगरपालिका चार किला भित्र रहेको क्षेत्रफल:  ४७.५ बर्ग कि.मिको चन्द्रनगर गाउँपालिकामा ५२ बिगाहा बाट परिचित नाडीतालको छेउमा सुन्दर र मनोरम गाउँपालिका को कार्यालय रहेको छ ! यो गाउँपालिका पूर्व पश्चिम लोक मार्ग बाट १६ कि .मि. दक्षिण र सदरमुकाम मलंगवा बाट १३ कि.मि. उत्तर मा रहेको छ! यस गाउँ पालिका को जम्मा घरधुरी ५९३५ र जनसंख्या ३५००५ मद्ध्य १८८८४ महिला र १७४२१ पुरुष रहेको छ ! यहाँको ८०% जनता कृषिमा आधारित छन् ५५ %साक्षरता छन्  भने १५% जनता असिक्षित रहेको छन् ! यहाँ समतल तथा उर्बर जमिन भए पनि कृषकहरु लाईआधुनिक खेति तर्फ आकर्षित गराउन नसक्दा ६०%जनता गरिबीको रेखामुनी रहन बाध्य रहेको छन् ! यहाँको आधिकंस सडक ग्रावेल काची रहेकोले यातायात तर्फ बिशेस जोड दिनुपर्ने जरुरि देखिएको छ !यहाँको कृषकहरु माछा पालन मा बिशेस जोड दिएका छन् र बिसेसत कृषकहरु माछा पाल्ने गरेको छ !नेपालका ठुला तालहरु मध्ये ५२ बिघाहाको नाडीताल यसै गाउँ पालिकामा रहेकोले यो गा.पा.पर्यटकीय क्षेत्रको प्रबल सम्भावना बोकेको ठाउँ पनि हो ! यो ठाउँ चन्द्रसम्सेरको बिर्ता भएको ठाउँ भएकोले यसलाई चन्द्रनगर र हाल चन्द्रनगर गा.पा. बाट परिचित छ ! यस गा.पा.मा साबिकको चार गा.बि.स.बबर्गंज ,मोहनपुर,किशनपुर् र चन्द्रनगर मिलि बनेको छन् !यहाँ तिन मा.बि., तिन नि.मा.बि.र १७ प्र.बि स्तरका बिधालयहरु रहेको छन्!   

 

      click for village profile https://drive.google.com/open?id=1c8yArH0bAcamRBv7tm25SPW6CsigmQJW

जन प्रतिनिधि